साँफेबगर- साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौका सामुदायिक विद्यालयहरुलाई खेलकुद सामग्री वितरण गरिएको छ ।
साँफेबगर नगरपालिका ४ नम्बर वडा कार्यालय मष्टामाण्डौले आफ्नो वडा भित्र रहेका सामुदायिक विद्यालय- हिमालय मावि खाल्सैन , जनकल्याण मावि जनकल्याण र भगवती आधारभूत विद्यालय भन्डारीगाउँ लाई भलिबल , नेट र पम्प वितरण गरिएको वडा अध्यक्ष नवराज बुढाले जानकारी दिनुभयो ।
यसै कार्यक्रमका बीच वडा स्तरीय दलित संजालले हिमालय मावि , जनकल्याण मावि र भगवती आधारभुत विद्यालयमा अध्यनरत विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।


