अछाम–१ मा कांग्रेस क्षेत्रीय सभापतिमा रामबहादुर कुँवर विजयी


पैरवी खबर

अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अछाम निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा रामबहादुर कुँवर विजयी भएका छन्।
निर्वाचनमा कुँवरले ४७८ मत प्राप्त गर्दै क्षेत्रीय सभापति पदमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी लालबहादुर कुँवर ‘नेत्र’ले ४१२ मत प्राप्त गरे।
कुँवरले आफ्ना प्रतिस्पर्धीभन्दा ६६ मत बढी प्राप्त गर्दै विजयी भएका हुन्।