साँफेबगर — साँफेबगर नगरपालिका–१ बैजनाथ कालिमाटीकी ८१ वर्षीया सुर्जा लुहार सात दिनदेखि बेपत्ता भएपछि जङ्गलबाट उद्धार गरिएको छ।
नगर प्रहरीसहित स्थानीयवासीको टोलीले सोमबार बिहान करिब ११ः३१ बजे लुहारलाई जङ्गलबाट उद्धार गरेको हो । बायाँ हातमा चोट लागेको अवस्थामा फेला परेकी लुहारलाई थप उपचारका लागि बयलपाटा प्रादेशिक अस्पतालमा भर्ना गरिएक जनाइएको छ।


