अछाममा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अनिश्चितकालका लागि अवरुद्ध


पैरवी खबर

अछाम । अछाममा राष्ट्रिय परिचयपत्रनसम्बन्धी सेवा अनिश्चितकालका लागि अवरुद्ध भएको छ।
जिल्ला प्रशासन कार्यालय अछामले सोमबार जारी गरेको सूचनाअनुसार कार्यालयबाट नियमित रूपमा प्रवाह हुँदै आएको राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा २०८३/०५/१९ गतेदेखि एकाएकी परेको चट्याङका कारण उक्त कार्य गर्ने यन्त्र पूर्ण रूपमा खराब भएपछि अवरुद्ध भएको हो।
यन्त्रमा खराबी आएपछि नयाँ यन्त्र ल्याउनुपर्ने भएकाले तत्काल सेवा सञ्चालन गर्न नसकिने जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ।
कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण सेवा अवरुद्ध रहने जानकारी गराउँदै सेवाग्राहीको जानकारीका लागि सूचना प्रकाशित गरेको हो।
जिल्ला प्रशासन कार्यालय अछामका प्रशासनकीय अधिकृत दिपेन्द्र सिंह बिष्टद्वारा जारी सूचनामा यन्त्र मर्मत वा नयाँ यन्त्र जडान गरी सेवा पुनः सञ्चालन हुने सम्बन्धमा पछि जानकारी गराइने जनाइएको छ।