साँफेबगर । अछामको साँफेबगर नगरपालिकाले रसुवाका बाढीपीडितका लागि ४० लाख ९ हजार ८ सय ११ रुपैयाँ ४३ पैसा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
नगर कार्यपालिकाको बैठकले साँफेबगर नगरपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधि तथा शिक्षकहरूबाट उक्त रकम संकलन गरी रसुवाका बाढीपीडितलाई सहयोग गर्ने निर्णय गरेको हो।
विपद्का कारण प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले उक्त निर्णय गरेको जनाएको छ।


