साँफेबगर, साउन ९
अछामको साँफेबगरमा नागरिक समाज संस्थाका पदाधिकारीहरूका लागि पैरवी रणनीति, अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तीन दिने क्षमता विकास तालिम सुरु भएको छ।
BMZ (WHH) को आर्थिक सहयोग तथा पीसविन नेपाल, वाक नेपाल (WAC Nepal) र समविकास नेपालको साँझेदारीमा सञ्चालित WE-CAN project परियोजना अन्तर्गत तालिम आयोजना गरिएको हो।
परियोजना अछाममा जलवायु उत्थानशील कृषि प्रणाली, पोषण सुरक्षा तथा महिला सशक्तीकरणमा केन्द्रित रहेको छ।
तालिम साउन ९ देखि ११ गते (२५–२७ जुलाई २०२६) सम्म साँफेबगर नगरपालिका–४ स्थित दीप होटलमा सञ्चालन हुनेछ । कार्यक्रममा साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका CSO ,नागरिक समाज, संजालका पदाधिकारीहरूको सहभागिता रहेको छ ।
तालिममार्फत सहभागीहरूको पैरवी क्षमता अभिवृद्धि गर्ने, अधिकारमा आधारित विकास अवधारणाबारे ज्ञान विस्तार गर्ने तथा विभिन्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र नेटवर्किङलाई सुदृढ बनाउने उद्देश्य रहेको छ।
तालिममा कार्यक्रमको उद्देश्य बारे समविकास नेपालका कार्यकारी निर्देशक पशुपति कुँवरले जानकारी गराउनु भएको थियो भने कार्यक्रमको संचालन पीसविन नेपालका परियोजना संयोजक सुरेन्द्र बहादुर सेरालाले गर्नुभएको थियो साथै उहाँले WE CAN परियोजना बारे तालिममा जानकारी गराउनुभएको थियो । ३ दिने तालिममा धुर्ब सुनार प्रशिक्षको रुपमा सहभागी हुनुहुन्छ ।
स्थानीय तहमा पोषण सुरक्षा, जलवायु अनुकूल कृषि तथा महिला नेतृत्व प्रवर्द्धनमा नागरिक समाजको भूमिका अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।


