साँफेबगर – नेकपा एमाले साँफेबगर नगरपालिका -१४ पातलकोटको वडा कमिटी मातृभूमि जागरण अभियानमा समाहित भएको छ।
एमाले वडा कमिटीको अघिल्लो फागुन २८ गते बुधबार बसेको भेलाले पुरै वडा कमिटी भीम रावलले नेतृत्व गरेको मातृभूमि जागरण अभियानमा समाहित हुने निर्णय गरेको हो।
भेलाले रामचन्द्र जोशीको संयोजकत्वमा मातृभूमि जागरण अभियानको वडा स्तरीय तदर्थ समिति पनि गठन गरिएको छ ।





साथै साँफेबगर नगरपालिका वडा नम्बर १२ खप्तडमा पनि यसै अभियानको सुर्य विकको संयोजकत्वमा वडा स्तरीय तदर्थ समिति गठन गरिएको रतन रावलले जानकारी दिनुभयो । 


