नेकपा एमाले साँफेबगरको विस्तारित बैठक सम्पन्न


पैरवी खबर

twitter sharing button
email sharing button
sharethis sharing button

साँफेबगर ।

नेकपा एमाले साँफेबगर नगर कमिटीको विस्तारित बैठक बुधबार साँफेबगरमा सम्पन्न भएको छ। नेकपा एमाले जिल्ला कमिटी अछामको दशौ बैठकको निर्णय अनुसार जिल्लाका सम्पूर्ण पालिकामा बैठक गर्ने कार्यतालिका अनुरुप बुधबार बैठक बसेको हो।

बैठकले आगामि कार्ययोजना निर्माण, रिपोटिंग, अपानी अध्ययन, लगायतका विषयमा छलफल गरेको छ। नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरको अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवम अछाम जिल्ला इन्चार्ज लाल बहादुर थापा रहनु भएको थियो।

यस्तै बैठकका विशिष्ठ अतिथि नेकपा एमालेका केन्दैीय सदस्य यज्ञ बहादुर बोगटी रहनु भएको थियो। यस्तै बैठकमा प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, वडा कमिटी अध्यक्ष, जनवर्गीय संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

बैठकको संचालन नेकपा एमाले साँफेबगर नगर कमिटी सचिव ललित बोगटीले गर्नु भएको थियो।