साँफेबगर । छिमेक लघुवित्त वित्तीय संस्था लि.सुदूरपश्चिम क्षेत्र अन्तर्गतको शाखाद्वारा आयोजित ३ दिने आधारभुत बाख्रा पालन तालिम सम्पन्न भएको छ ।
यही असार ३ गतेदेखि साँफेबगर नगरपालिका वडा न.५ नवाठाना स्थित कृष्ण मा. वि . दहपाटा अछाममा संचालन भएको बाख्रापालन तालिम आज सम्पन्न भएको हो ।
लघुवित्तमा आवद्ध सदस्यको आयस्तर तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संचालन गरिएको तालिममा सदस्य तथा अभिभावक गरी जम्मा ३९ जनाको सक्रिय सहभागिता रहेको थियो । जस अन्तर्गत १ जना अभिभावक र ३८ जना सदस्यहरु रहेका थिए ।
सहभागी सबै सदस्यले तालिमको आवश्यकता छिमेक लघुबित्तले पूरा गरिदिएको र तालिम एकदमै लाभदायक भएको र किसानको धेरै जसो समस्याको समाधान समेत भएको सदस्यहरुले प्रतिक्रिया रहेको थियो । सदस्यहरुले आगामी दिनमा निश्चित उद्देश्य लिएर व्यावसायिक रुपमा बाख्रा पालन गर्ने समेत प्रतिबद्धता गर्नुभएको छ ।
बाख्रापालन गर्दा आधारभुत रुपमा गर्नुपर्ने तयारी ,योजना र आइपर्ने समस्या सम्बन्धि कक्षा संचालन गरिएको हो।
तालिममा कार्यक्रम संयोजक तथा शाखा प्रवन्धको रुपमा देबेन्द्र थापा र तालिम प्रशिक्षक को रुपमा चेत राज बोहरा को प्रशिक्षण रहेको थियो।


