साँफेबगर । छिमेक लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय साँफेबगर अछामद्वारा मृत्यु दावी भुक्तानी गरिएको छ ।
छिमेक लघुवित्तमा आवद्ध सदस्य मथुरा देवी बुढाका श्रीमान लाल बहादुर बुढा (लिला) बुढाको असामहिक निधन भएकोले उहाँलाई यस बित्तिय संस्थाबाट रु २ लाख १० हजारको चेक हस्तान्तरण गरिएको हो ।
उहाँले होटल व्यावसायको लागि भनेर रु.४ लाख कर्जा लिनुभएको थियो । कर्जामा ५० प्रतिशत छुट अथवा मिनाहा रु २ लाख , मृतकको अन्तिम दाहासंस्कार वापत रु १० हजार गरि जम्मा रु २ लाख १० हजारको चेक हस्तान्तरण गरिएको थियो ।
मृत्यु दाबी हस्तान्तरण कार्यक्रममा साँफेबगर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मक्कर बहादुर कुँवर, कृष्ण माविका प्र .अ जनक बुढा , छिमेक लघुबित्त बित्तिय संस्था साँफेबगर शाखा प्रबन्धक देबेन्द्र थापाको सहभागिता रहेको थियो ।


