विवाहको खर्च कटौती गरेर विद्यालयलाई सहयोग


पैरवी खबर

साँफेबगर – मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोटका एक सशक्त युवा मनाेज कुमार भुलले आफ्नो विवाहको खर्च कटौती गरेर एक विद्यालयलाई आर्थिक सहयोग गरेका छन ।
वैवाहिक कार्यक्रमकाे अवसरमा एक कार्यक्रमका बीच सामाजिक उतरदायित्व वहन गर्दै श्री वासुकि माध्यमिक विद्यालय कुस्काेट नागमाण्डौमा कक्षा ११ र १२ संचालनार्थकालागि रु २१ हजार १ सय ११ रुपैयाँ सहयाेग गरेका हुन ।

यो उदाहरणीय कार्यकोलागि मनोज कुमार भुललाई विद्यालय परिवारले धन्यवाद दिदै सुखद वैवाहिक जीवनको शुभकामना समेत दिएको छ ।