जनसांस्कृतिक महासंघ नेपाल , अछामको तेस्रो भेला सम्पन्न , अध्यक्षमा रुपक परियार


पैरवी खबर

साँफेबगर । नेकपा माओवादी केन्द्रको भातृ संगठन जन सांस्कृतिक महासंघ नेपाल , अछामको तेस्रो जिल्ला भेला रामारोशनमा सम्पन्न भएको छ ।

भेलाबाट रुपक परियारको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । जसमा उपाध्यक्ष नविना साउँद , सचिव शेर बहादुर साउँद , कोषाध्यक्ष गिता भण्डारी , सह सचिव लक्ष्मी भण्डारी , सदस्य जगत जैगडी लगायत अन्य सदस्यहरु रहेका छन ।

अविराम बटालाको अध्यक्षतामा भएको भेलामा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य पहल साउँद प्रमुख अतिथि रहनुभएको थियो, रामारोशन गाउँपालिका उपाध्यक्ष सृजना बुढा विशिस्ट अतिथि , वडा अध्यक्ष मीन बहादुर परियार , जन सांस्कृतिक महासंघ नेपालका केन्द्रिय सचिव पर्वत जैगडी , टंक प्रसाद देवकोटा अतिथि रहनुभएको थियो ।
कार्यक्रममा जनयुद्धका पुराना कलाकारहरु : दल बहादुर साउँद असीम , अविराम बटाला , शेर बहादुर साउँद , लालबहादुर परियारलाई सम्मान गरिएको थियो ।
नविना साउँदले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन रुपक परियारले गर्नुभएको थियो ।