अनेरास्ववियु अछामद्वारा शुभकामना आदानप्रदान


पैरवी खबर

१७ बैशाख २०८१
साँफेबगर । अनेरास्ववियु जिल्ला कमिटी अछाम द्वारा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ।

अनेरास्ववियु जिल्ला कमिटी अछामका अध्यक्ष प्रेमप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव भीमबहादुर रावल (कालोटोपी) प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय लेखा आयोग सदस्य कमल कोली , राष्ट्रिय युवा संघ अछाम जिल्ला कमिटी उपाध्यक्ष कमल महर , अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटी सदस्य देवसरा भण्डारी, नेकपा एमालेका जिल्ला कमिटी सदस्यहरु , पालिका सदस्य, अनेरास्ववियु जिल्ला कमिटीका पदाधिकारी एवं जिल्ला कमिटी सदस्यहरुको उपस्थित रहेको थियो ।

कार्यक्रमको सञ्चालन अनेरास्ववियु जिल्ला कमिटी सचिव जगत भण्डारीले गर्नु भएको अनेरास्ववियु जिल्ला कमिटी सहसचिव मनोज रावलले जानकारी दिनुभयो ।