चैते दसैंलाई मर्यादित बनाउन मार्कुमा भेला सम्पन्न


पैरवी खबर

साँफेबगर । श्री सान्निकोट बज्रयोगिनी धार्मिक पर्यटन प्रवर्द्धन विकास संस्था चौरपाटी गाउँपालिका -०७ मार्कुको भेला सम्पन्न भएको छ । सान्निकोट मन्दिरमा चैते अस्टमी बैशाख -०४ गते मनाइने दसैंलाई लक्षित गरि भेला सम्पन्न भएको हो ।

सान्निकोट बज्रयोगिनी धार्मिक पर्यटन प्रवर्द्धन विकास संस्थाका अध्यक्ष गणेश बोगटीको अध्यक्षता र वडा अध्यक्ष ललित बहादुर बोगटीको प्रमुख आतिथ्यतामा जनप्रतिनिधि , समाजसेवी , स्थानीय सरोकारवालाहरुको उपस्तिथिमा भएको भेलाले दसैं लाई मर्यादित बनाउन विभिन्न उप समितिहरु गठन गरेको छ ।
जसमा : बिक्रम बहादुर बोगटीको संयोजकत्वमा १७ सदस्यीय राँगा तथा बोका दर्ता उप समिति गठन गरिएको छ भने सुशीला देवी बोगटीको संयोजकत्वमा ७ सदस्यीय स्वयंसेवक उप समिति गठन गरिएको छ ।

दसैंलाई भब्य र व्यवस्थित रुपमा सफल पार्न वडा स्थित गन्यमान्य अगुवा , जिम्मेवार ब्यक्ति , सरोकारवाला लगायत सबैले आ – आफ्नो ठाउँबाट सहयोग गर्ने , मेलामा कुनै पनि अपराधिक क्रियाकलाप नगर्ने , जाँड रक्सी खाइ होहल्ला नगर्ने , मेलामा हात हतियार ,जोखिम सामानको प्रयोग नगर्ने ,निर्णयहरु गरिएका छन ।
यदि कसैले यी अपराधीक क्रियाकलाप गरेमा स्वयं ब्यक्तिले नै आफ्नो जिम्मा लिनुपर्ने कुरा निर्णयमा उल्लेख गरिएको छ ।

दसैंमा राँगा र बोका बलि गर्दा आफुले ल्याइएका हात हतियार मेला समितिमा अनिवार्य दर्ता गर्नुपर्ने , मेला अवधिभर कुनै ब्यपारीलाई रक्सी विक्री वितरण नगर्न अनुरोध गरिएको छ , यदि विक्री वितरण गरेको पाइएमा विक्री गर्नेलाई रु. ५ हजार र खानेलाई रु. ३ हजार रुपैया जरिवाना गरिने , दसैंको आय ब्यय दसैं सकिएको तेस्रो दिन सार्वजनिक गर्ने निर्णय पनि गरिएका छन ।

सान्निकोट बज्रयोगिनी धार्मिक पर्यटन प्रवर्द्धन विकास संस्था मार्कुको सदस्यता सम्बन्धि व्यवस्थाको परिच्छेद ३ बमोजिम आउँदो नयाँ बर्ष २०८० बैशाख १ गतेदेखि बैशाख मसान्तसम्म आजीवन सदस्यता वितरण खुला गरिने वडा अध्यक्ष ललित बहादुर बोगटीले जानकारी दिनुभयो ।