दलित अधिकारकालागि एकीकृत आन्दोलन नेपालको बृहत जनसभा साँफेबगरमा सम्पन्न


पैरवी खबर

साँफेबगर : गाउँ – गाउँ देखि उठौं, आफ्नो अधिकारकोलागि जुटौं । भन्ने मुल नाराका साथ बृहत जन सभा कार्यक्रम साफेबगरमा सम्पन्न भएको छ । दलित अधिकारकालागि एकीकृत आन्दोलन नेपालको आयोजनामा जनसभा २४ गते शनिबार साँफेबगरमा सम्पन्न भएको छ ।

दलित अधिकारकर्मी सुरत भुलको अध्यक्षतामा भएको जन सभामा कार्यक्रममा एकीकृत आन्दोलन नेपालका प्रमुख गम्भीर सिंह भुलले प्रमुख अतिथिको आसन बाट बोल्दै : यो अभियानले दलित समुदायको उत्थान र हक अधिकारकालागि काम गरिरहेको बताए । अब दलित अधिकारको सुनिश्चित गर्नकालागि एक ढिक्का भएर लाग्नुपर्ने र आफ्नो अभियानलाई पनि साथ सहयोग गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रमको उद्देश्य बारे तुर्माखाद गाउँपालिका कार्यपालिका सदस्य झंकार नेपाली जानकारी गराउनु भएको थियो ।
जनसभामा विशिस्ट अतिथि मीन बहादुर सुनार, अछाम स्थित विभिन्न पालिकाका कार्यपालिका सदस्य , वडा सदस्य , दलित अधिकारकर्मी ,दलित अगुवा , शिक्षक , कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
दलित अगुवा तुले भुलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन लक्ष्मण भुलले गर्नुभएको थियो ।