नेकपा एमाले साँफेबगर ४ मष्टामाण्डौंको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न


पैरवी खबर

साँफेबगर ।

नेकपा एमाले साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौं वडा कमिटीको बैठक विभिन्न निर्णय गर्दै साँफेबगरमा सम्पन्न भएको छ।

वडा कमिटी अध्यक्ष राजेन्द्र कोलीको अध्यक्षतामा भएको बैठकले पार्टी संगठित सदस्यता यहि चैत्र मसान्त भित्र गरि सक्नु पर्ने र टोल कमिटीको भेला गर्ने निर्णय गरको छ।

बैठकले चैत्र २१ गते भगवती टोल, २२ गते गैरा खाल्सैन टोल, २३ गते डाँडाँ खाल्सैन टोल, २५ गते मात्री जयाकोट टोल कमिटीको भेला गर्ने मिति तोकेको छ।

बैठकका प्रमुख अतिथि नेकपा एमाले उपभोक्ता संरक्षण तथा सुशासन विभाग केन्द्रीय कमिटी सदस्य देव बहादुर कुँवर रहनु भएको थियो।

बैठकका विशिस्ट अतिथि नेकपा एमाले लेखा आयोग सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बालगिरी कुँवर, लगाएत जिल्ला कमिटी सदस्य, जिल्ला सल्लाहकार सदस्य, नगर कमिटी अध्यक्ष, नगर कमिटीका पूर्व अध्यक्ष, विभिन्न जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो।

बैठकको संचालन वडा कमिटी सचिव खेमराज ताम्राकारले गर्नु भएको थियो।