नव प्रतिभा बाल गायक हिमाल परियारलाई आफ्नै गाउँमा स्वागत तथा सम्मान


पैरवी खबर

साँफेबगर । नव प्रतिभा बाल गायक हिमाल परियार काठमाडौं बाट आफ्नाे गितहरु रेकर्ड गरि आफ्नो गृह जिल्ला अछाम पुगेका छन ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ११ देविस्थान घर भएका बाल गायक हिमाल परियार लाई आज वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान गरेको छ ।
उहाँको कला र गालाको सम्मान गर्दै जिल्ला र आफ्नो गाउँको नाम उच्च स्थानमा राखेको भन्दै उहाँलाई सम्मान गरिएको हो ।
बाल गायक परियारले “किन रुवाको”मेरी आमा” लगाएतका ४ वटा गितहरु रेकर्ड गरि कक्षा -८ को बार्षिक परिक्षाकोलागि आफ्नो गाउँ फर्केका हुन ।

उहाँको साङ्गितिक यात्रालाई सहज पार्न र हौसला स्वरुप तत्काल वडा कार्यालयको तर्फबाट रु. १५ हजार सहयोग गरेको छ ।
उहाँलाई ब्यक्तिगत रुपमा पनि आर्थिक संकलन भएको छ । धुर्ब विकबाट रु.२५००/- टिकाराम धामी २०००/- कमल ओड रु.११५५/- दान दास १०५५/- गगन बोहरा १००५/- रुप विक बास्काटिया रु. ११११/ गरि (वडा कार्यालयको १५ हजार सहित ) जम्मा रु .२३ हजार ८ सय २६ रुपैयाँ रकम संकलन भएको छ।
सम्मान कार्यक्रममा साँ.न.पा-११ का वडा अध्यक्ष राम बहादुर बोहरा,नेकपा एमाले जिल्ला कमिटी सदस्य कमल ओड ,नेपाली काङ्ग्रेस जिल्ला कमिटी सदस्य दाने दास ,भुपु गाविस अध्यक्ष गगन सिं बोहरा,
नेकपा एमाले वडा कमिटी अध्यक्ष रेबन्त बिस्ट, साँनपा -४ का वडा सचिव धुर्ब विक, हंश बाहिनि माविका शिक्षक टिकराम धामी, वडा सदस्यहरु :रङ्ग बिस्ट,बजिरे ओड , सामाजिक परिचालक प्रकाश खाती लगायतको उपस्थिति रहेको थियो।
साथै आजै उहाँ अध्ययनरत विद्यालय हशवाहिनी माविले पनि स्वागत तथा सम्मान गरेको छ ।