अनेरास्ववियु साँफेबगरको नयाँ नेतृत्व चयन


पैरवी खबर

साँफेबगर । अनेरास्ववियु साँफेबगर नगरपालिकाको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ।
सम्मेलनबाट लोकेश बुढ्थापाको अध्यक्षतामा २९ सदस्यीय पालिका कमिटी गठन गरिएको छ ।

अनेरास्ववियु साँफेबगर नगर कमिटी अध्यक्ष सुरज बुढाको अध्यक्षतामा भएको नगर सम्मेलनमा अनेरास्ववियु जिल्ला सचिव भीम बडाहित प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रमका प्रमुख वक्ता नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य दुधकला विष्ट , नेकपा एमाले प्रदेश लेखा आयोग सदस्य बालगिरी कुँवर , नेकपा एमाले साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर, अनेरास्ववियु जिल्ला सचिवालय सदस्य रेवन्त विष्ट, जिल्ला कमिटी सदस्य टेकराज साउँद अतिथि रहनु भएको थियो।
कार्यक्रमको सञ्चालन अनेरास्ववियु जिल्ला सचिवालय सदस्य सन्तोष भण्डारीले गर्नु भएको अनेरास्ववियु जिल्ला सचिव भिम बडाहितले जानकारी दिनुभयो ।