ऋषिदहमा डिजिटल साक्षरता कक्षाकाे समापन


पैरवी खबर

साँफेबगर – वाक नेपालद्वारा जिल्लाकाे मेल्लेख गाउँपालिका वडा नं. २ ऋषिदहमा डिजिटल बजार तथा वित्तीय साक्षरता कक्षा समापन गरिएकाे छ।

गत चैत २५ गते देखि जेठ ३ गते (३५ दिन) सम्म संचालन गरिएकाे साक्षरता कक्षा जेठ ४ गतेका दिन सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै एक कार्यक्रमका बिच बिदाई गरिएकाे हाे ।

मेल्लेख गा. पा. वडा न. २ का वडा अध्यक्ष कुशलराज बुढाकाे अध्यक्षतामा सम्पन्न गरिएकाे समापन कार्यक्रममा DMFL सहजकर्ता यज्ञ बहादुर बुढा, CFS सहजकर्ता भक्त बहादुर बुढा लगायतका व्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे। कार्यक्रममा लिङ्ग/लैंगिकता, समता/समानता, चाहना/आवश्यकता, पुँजी/लगानी, ऋण/ऋण प्रवाह, अभिलेख/माईन्युट, खर्च  तथा आम्दानी याेजना, दिर्घकालीन बचत याेजना, पारिवारिक याेजना, उत्पादन याेजना, व्यवसाय नमुना क्यानभास, बजारकाे आधारभुत जानकारी तथा नक्सांकन, सामुहिक खेती, स्थानीय मूल्य श्रृङखला विकास, प्राङगारिक खेती प्रणाली, माेबाईल बैंकिङ, स्क्यान पे, फाेन पे, जियाे कृषि, स्मार्ट कृषि, अजाेड तथा जीवन बिमा, ई-सेवा लगायतका बिषयमा ३५ दिन सम्म सिकेका नतिजामुखी सिकाईहरुकाे सिकाई आदानप्रदान समेत गरिएकाे थियाे।
साक्षरता कक्षाका सहभागी डम्मरा राेकायाले याे कक्षा लिएर माेबाईल बाटै माैसमकाे पुर्व जानकारी लिन र रिचार्ज समेत गर्न सिकिएकाे बताउनु भयाे। त्यस्तै अर्का सहभागी भरु बुढाले अब माेबाईल बाटै आफ्नाे उत्पादित बस्तुकाे मूल्य थाह पाउने र साेहि अनुसार बजार खाेज्ने बताउनु भएकाे छ।

डिजिटल बजार तथा वित्तीय साक्षरता कक्षाकाे अवधारणा आजकाे डिजिटल युगमा बिल्कुलै नवितम् र प्रभावकारी हुने भएकाेले आगामी बर्षका लागि अभ्यासका रुपमा अझै २/३ वटा कक्षाहरु संस्थाले संचालन गर्नु पर्ने र त्यसमा वडा कार्यालयले पनि सक्दाे जिम्मा लिने कुरा वडा अध्यक्ष कुशलराज बुढाले प्रतिबद्धता जनाउनु भएकाे छ। सिकेकाे ज्ञान सिप महिला दिदीबहिनीहरुले आगामी दिनमा आ-आफ्नाे जिवनमा व्यवहारिक रुपमा देखाउनु पर्ने कुरा समेत वडा अध्यक्षले बताउनु भएकाे छ।

अन्तरक्रिया कार्यक्रममा साक्षरता कक्षाका सहजकर्ता यज्ञ बहादुर बुढाले सहजिकरण गर्नु भएकाे थियाे भने कार्यक्रमकाे संचालन वाक नेपालका फिल्ड परिचालक भुपेन्द्र भण्डारीले गर्नु भएकाे थियाे।

यस अघि वाक नेपाल/वर्ल्ड भिजन द्वारा मेल्लेख गाउँपालिकाका ऋषिदह, ठाँटि, हात्तीकाेट, बिन्देवासिनी र नन्देगडामा समेत साक्षरता कक्षा सम्पन्न गरिएका छन् भने शाेडषा र ठाँटिमा साक्षरता कक्षाहरु अझै संचालनरत छन्।