राष्ट्रिय कराते प्रतियोगितामा सहभागिताकालागि अछामका सुमन वि.क. सुपबाट छनौट


पैरवी खबर

साँफेबगर- राष्ट्रिय कराते प्रतियोगितामा सहभागिताका लागि अछामका सुमन वि.क. सुपबाट छनौट छनौट हुनु भएको छ। ५६ औ राष्ट्रिय कराते प्रतियोगिता साथै मिसन २०२६ का लागि राष्ट्रिय टिम छनौट र ८ औ दक्षिण एशियाली कराते महासंघ प्रतियोगिता सूरपश्चिम प्रदेश स्तरिय छनौट प्रतियोगितामा अछाम जिल्लाबाट सहभगि भई राष्ट्रिय प्रतियोगिताका लागि वि.क. सुदूरपश्चिम प्रदेशबाट छनौट हुनु भएको हो।

१४–१५ वर्ष उमेर समुह अन्तरगत ५२ किलोग्राम तौल समुहमा वि.क. प्रथम भई स्वर्ण पदक प्राप्त गर्न सफल हुनु भएको हो।

यो सफलता प्राप्त पश्चात सुमनले जेठ २१, २२ र २३ गते  काठमाण्डौं हुने राष्ट्रिय छनौट प्रतियोगिता सहभगिता जनाउने छन् र उक्त प्रतियोगितामा आफ्नो उमेर र तौल समुहमा सफलता हासिल गरेमा साउन महिनामा भुटानमा हुने ८ औँ दक्षिण एसियाली प्रतियोगितामा सहभागि हुने अवसर पाउनु हुनेछ।

वि.क. अछाम जिल्ला साँफेबगर नगरपालिका वडा नम्बर ११ देवीस्थान स्थायी बसोबास भई साँफेबगर स्थित काल भैरव कराते दोजोका बल्याक बेल्ट प्राप्त खेलाडी हुन्।

सुमनले यस्तै मेहनत गरे भुटानमा हुने ८ औँ दक्षिण एसियाली प्रतियोगितामा सहभागि हुन पाउने सुवर्ण अवसर रहेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य तथा साँफेबगर स्थित काल भैरव कराते दोजोका प्रशिक्षक बि.एस. ओडले बताउनु भएको छ।