नगरपालिका स्तरीय बाल भेला तथा अभिमुखीकरण कार्यक्रम साँफेबगरमा सम्पन्न


पैरवी खबर

साँफेबगर – नगरपालिका स्तरीय बाल भेला तथा अभिमुखीकरण कार्यक्रम साफेबगरमा सम्पन्न भएको छ ।
साँफेबगर नगरपालिकाको समन्वय महिला ज्येष्ठ नागरिक तथा बालबालिका शाखाको आयोजना र आस्था नेपाल , वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगरपालिका स्तरीय बाल संजाल पुनर्गठन गरि भेला सम्पन्न गरिएको छ ।

रोहित शर्माको अध्यक्षतामा नगरपालिका स्तरीय २५ सदस्यीय बाल संजाल गठन गरिएको हो , जस्को उपाध्यक्षमा जेनिसा भाट , सचिव निशा आउजी , सह सचिव तगत बोहरा , कोषाध्यक्ष भोजराज भण्डारी , सदस्य रचना ओड लगायत अन्य सदस्यहरु रहेका छन ।
भेलाबाट कार्य योजना समेत निर्माण गरिएको छ । स्थानीय सरकारले बजेट बनाउने ७ चरण बारे अभिमुखिकरण , शरीर नक्साङ्कन , मन पर्ने र मन नपर्ने , सुरक्षित र असुरक्षित , परिकल्पना , सवाल समस्या पहिचान तथा प्राथमिकिकरण सहित कार्ययोजना निर्माण गरि नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा मार्फत नगर प्रमुखलाई बुझाउने समेत निर्णय गरिएको छ ।

कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुँवर, आस्था नेपालका कार्यक्रम प्रमुख गणेश प्रसाद बोहरा , कार्यक्रम अधिकृत -तपेन्द्र ठकुल्ला
महिला शाखा प्रमुख अनिता जोशी, आस्था नेपालका जिल्ला कार्य समिति सदस्य गङग बहादुर बुढाको सहभागिता रहेको थियो ।

नगरपालिका स्तरीय बाल अधिकार समिति सदस्य तथा बाल संरक्षण अधिकृत भ्वान सिंह सार्की, बल बि.क र गोकुल खड्काले अभिमुखिकरणको सहजीकरण गर्नुभएको थियो