बयालपाटा अस्पतालको आर्थिक संकटलाई मध्यनजर गर्दै एमाले मेल्लेखले ध्यानाकर्षण पत्र बुझाउने


पैरवी खबर

साँफेबगर ।
१३ माघ २०८०
नेपाल कम्युनिष्ट पार्टी (एमाले ) मेल्लेख गाउँपालिका कमिटीको २५ औं बैठक हात्तिकोटमा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
गाउँपालिका कमिटी अध्यक्ष केशर साउँदको अध्यक्षतामा बसेको बैठकले बयालपाटा अस्पतालमा देखिएको आर्थिक संकटलाई मध्यनजर गर्दै अछामका १० ओटै पालिकाहरु र छिमेकी जिल्ला बाजुरा र डोटी लाई पनि ध्यानाकर्षण पत्र बुझाउने प्रतिबद्धता सहित निर्णय गरिएको छ ।
बैठकमा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य नरपती रावल प्रमुख अतिथि रहनुभएको थियोे । जिल्ला कमिटी सदस्य एव मेल्लेख गाउँपालिका सह इन्चार्ज अमर विक ,कमल साउँद ,पूर्व जिल्ला कमिटी सदस्य नरबहादुर साउँद ,वीर बहादुर साउँद ,कालू साउँद ,अतिथि रहनुभएको थियो ।
बैठकको संचालन सुरेन्द्र साउँदले गर्नुभएको विद्यार्थी नेता राम बहादुर साउँदले जानकारी दिनुभयो ।