अनेरास्ववियु अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न -PAIRABI KHABAR


पैरवी खबर

साँफेबगर । अनेरास्ववियु अछाम आयोजक कमिटीको छैटौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।
जिल्ला संयोजक कमल कोलीको अध्यक्षतामा भएको
बैठकले आगामी माघ २६ र २७ गते हुने १९ औं जिल्ला अधिबेशनकालागि जिल्ला संयोजक कमल कोलीको संयोजकत्वमा ३७ सदस्यीय मुल समिति र जिल्ला सचिव भिम बडाहितको संयोजकत्वमा ३ सदस्यीय आर्थिक उपसमिति गठन गरेको छ ।

जिल्ला कमिटीका सम्पूर्ण सदस्यहरुलाई आ-आफ्नो परिभाषित ठाउँमा बाँकी रहेका विद्यालयमा प्रा.क ,क्याम्पस कमिटी र पालिका सम्मेलन माघ महिनाको २० गते सम्म गरिसक्नुपर्ने निर्णय समेत गरिएको छ । बैठकमा अनेरास्ववियु सुदूरपश्चिम कमिटीबाट निर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गरिएको छ। जस्मा ,सुरेन्द्र चलाउने ,नारायण कुँवर ,पुजा शाह ,नेत्र शाह,देविसरा भण्डारी , अर्जुन लुहारलाई सम्मान गरिएको हो ।

नेकपा एमाले अछामका सचिव भीमबहादुर रावल प्रमुख अतिथि रहनु भएको बैठकमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश पूर्व सचिवालय सदस्य डिबि साउँद, एमाले सचिवालय सदस्य लिलाराज केसी, विद्यार्थी फाँट इञ्चार्ज एवम् जिल्ला कमिटी सदस्य निरक बहादुर शाही, जि.क.स एवम् तुर्माखाँद गा.पा . इन्चार्ज नरेश शाही , अनेरास्ववियु के .स .एवम् अछाम इन्चार्ज मनपुरा शाही ,एमाले जिल्ला सल्लाहकार सदस्य भरत अैडि ,अनेरास्ववियु प्रदेश सदस्य सुरेन्द्र चलाउने ,प्रदेश सदस्य ,देविसरा भण्डारी ,एमाले रामारोशन पालिका कमिटी सचिव सुर्य प्रशाद न्यौपाने ,राष्ट्रिय युवा संघ लेखा आयोग सदस्य जितेन्द्र कुँवर , लगायतको उपस्थिति रहेको थियो ।
बैठकको संचालन ,अनेरास्ववियु जिल्ला सचिव भीम बडाहितले गर्नुभएको थियो । अनेरास्ववियु अछामको अर्को बैठक माघ १८ गते एमाले पार्टी कार्यालय मंगलसेनमा गर्ने निर्णय गरिएको सचिव भिम बडाहितले जानकारी दिनुभयो ।