समविकास नेपालले जिल्ला स्तरीय खुला महिला भलिबल प्रतियोगिताको आयोजना गर्दै


पैरवी खबर

साँफेबगर । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत खुला महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
आउँदो मंसिर महिनाको १९ गतेदेखि २२ गते सम्म समविकास नेपाल साँफेबगर अछामको आयोजनामा जिल्ला स्तरीय खुला महिला भलिबल प्रतियोगिता हुने भएको हो ।
“स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागि” खेलकुद भन्ने नारा सहित जिल्ला स्तरीय खुला महिला भलिबल प्रतियोगिताको आयोजना हुन लागिएको समविकास नेपालका पवन गिरिले जानकारी दिनुभयो ।