मानबहादुर भलिबल टिमका नयाँ कप्तान


पैरवी खबर

मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय भलिबल टिमको कप्तान चुनिएका छन्। नेपाल भलिबल संघले त्रिभुवन आर्मी क्लबका स्पाइकर श्रेष्ठलाई कप्तान बनाउने निर्णय गरेको हो।

यसअघि उनी नेपालको बीच भलिबल टिमको कप्तान रहिसकेका छन्।

संघ दर्शकमाथि हातपात भएको घटना संलग्न भएको भन्दै संघले हरिहजुर थापालाई कप्तानबाट बर्खास्त गरेको थियो भने त्रिभुवन आर्मीका क्लबका ३ खेलाडीलाई कारबाही गरेको थियो।

थापा कारबाहीमा परेसँगै संघले श्रेष्ठलाई नयाँ कप्तानको जिम्मेवारी दिएको हो।

सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगका दौरान अनुसाशनहीन क्रियाकलापमा संलग्न भएको भन्दै भलबिल संघले आर्मीका धनबहादुर भट्ट, राजेन्द्र विष्ट र धनपती कुँवरलाई प्रतिबन्ध लगाएको हो।

स्पाइकर भट्टलाई ६ महिना प्रतिबन्ध लगाउदा विष्ट र कुँवरलाई ३-३ महिनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा खेल्न प्रतिबन्ध लगाइएको भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताअन्तर्गत गत असार २५ गते गण्डकी प्रदेशसँगको खेलका दौरान आर्मीका स्पाइकर भट्टले दर्शकलाई प्यारापिटमै गएर कुटेका थिए।

चेकआउट हुँदा आर्मीलाई अंक दिएको भन्दै गण्डकीका खेलाडीले असन्तुष्टि जनाएका थिए। त्यहिँ क्रममा दर्शकदिर्घाबाट हुँटिङ हुँदै अपशब्द बोलिएको सुनिएको थियो। लगत्तै कोर्टमा बोतल प्रहार भएपछि आर्मीका खेलाडी उत्तेजित भएका थिए।।

यस्तै घटनामा संलग्न आर्मीका अर्का खेलाडी दुर्गा खड्कालाई सचेत गराइएको छ।

घटनामा संलग्न रहेको भन्दै आर्मी तथा राष्ट्रिय टिमका कप्तान रहेका हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानीबाट बर्खास्त गरिएको थियो।