साँफेबगर – मातृभुमि जागरण अभियान नेपालको वडा भेला साँफेबगर नगरपालिका ९ बुढाकोटमा सम्पन्न भएको छ ।
भेलाबाट धर्म सिंह साउँदको संयोजकत्वमा १७ सदस्यीय वडा समिति गठन गरिएको छ । 
धर्म सिंह साउँदको अध्यक्षता भएको वडा भेलामा जागरण अभियानका गोविन्द कुँवर र रुप बहादुर शाही अतिथि रहनुभएको थियो । 
भेलामा अभियानका साँफेबगर तदर्थ समिति संयोजक ढकेन्द्र बहादुर कुँवर र सदस्य सचिव आकाश कुँवर लगायतको सहभागिता रहेको थियो । भेलाको संचालन नर बहादुर कुँवरले गरेका थिए ।


