साँफेबगर – मातृभुमि जागरण अभियान नेपालको साँफेबगर नगर स्तरीय भेला सम्पन्न भएको छ ।
भेलाबाट ढकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा २५ सदस्यीय यस जागरण अभियानको साँफेबगरमा तदर्थ समिति गठन भएको छ। 
ढकेन्द्र बहादुर कुँवरको अध्यक्षतामा भएको भेलामा
मातृभुमि जागरण अभियान नेपालका संयोजक डा.भिम रावलले प्रमुख अतिथिको आसनबाट बोल्दै :
उहाँले देश विकास र समृद्धिको बाटोमा जाला भनेर गरिएको मेहनत र पसिना खेर गएको बताउँदै ।सर्बहारा नेपाली जनताको इच्छा चाहनालाई केपी ओलीले बुटले कुल्चेर सिध्याउनु भएको बताउनु भयो ।
सबैलाई उज्यालो र न्यानो देला भनेर बोकेको सुर्यमा आज दाग लागेर कालो बादलले ढाकिसकेको पनि बताउनु भयो । अब आफ्नो हक अधिकार र देश विकास , समृद्धि खोज्ने हो भने मातृभुमी जागरण अभियानमा आउन सबैलाई आव्हान गर्नुभएको छ ।
भेलामा गोविन्द कुँवर , रमेश कुँवर , केशर मिया , प्रकाश शाह , रुप बहादुर शाही , सागर बाब्ली , दुधकला बिष्ट , हर्क कुँवर , सुशीला बोगटी , शंकर भुल , रतन रावल लगायतको सहभागिता रहेको थियो । भेलाको संचालन आकाश कुँवरले गर्नुभएको थियो ।
नेकपा एमाले साँफेबगर नगर कमिटी र साँफेबगर नगरपालिका ६ भागेश्वर, चण्डिका र घुघुरकोटको नेकपा एमाले वडा कमिटी मातृभुमी जागरण अभियान नेपालमा समाहित भएको छ ।
क्रमशः यस मातृभुमी जागरण अभियान नेपालको वडा , पालिका, क्षेत्रीय , जिल्ला प्रदेश हुँदै केन्द्र सम्म समिति गठन हुने जनाइएको छ।


