अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै अछाम -१ बाट बिक्रम स्वारले प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
स्वारले आफ्नो उम्मेदवारीमार्फत संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान र पार्टीमा एकताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनको प्रचार सामग्रीमा अनुभव र सुदृढ संगठन, सक्रिय तथा इमानदार नेतृत्व, संगठनमा नयाँ ऊर्जा तथा समावेशी र न्यायपूर्ण प्रतिनिधित्वलाई प्राथमिकतामा राखिएको उल्लेख छ।
त्यस्तै, स्वारले आफूलाई श्रमिक वा पेशागत क्षेत्रतर्फबाट प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्। उनले “समृद्ध अछाम, समृद्ध नेपाल”को अवधारणालाई समेत आफ्नो अभियानमा अघि सारेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै विभिन्न तहमा उम्मेदवारहरूले आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दै गएको छ।


