अछामको चौखुट्टे नजिक सडक चिरा परेर भासियो, ठूला सवारीसाधन आवागमन प्रभावित


पैरवी खबर

अछाम । अछामको चौरपाटी गाउँपालिका–६ दुनीस्थित पहलमानसिंह स्वाँर मार्ग (हाइवे) सडकखण्डमा सडक चिरा परेर भासिएपछि ठूला सवारीसाधनको आवागमन प्रभावित भएको छ। बिहीबार बिहान करिब ८ बजे अविरल वर्षाका कारण करिब १५/२० मिटर सडक चिरा परी भासिएको प्रहरीले जनाएको छ। सडकको अवस्था जोखिमपूर्ण रहेकाले साना सवारीसाधन भने सावधानीपूर्वक पार गर्न सक्ने तर ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था रहेको छ। सडक भासिएको स्थानमा प्रहरी चौकी चौखुट्टेबाट प्रहरी सहायक निरीक्षक कर्णबहादुर विकको कमाण्डमा चार जनाको प्रहरी टोली खटाइएको छ। प्रहरीले सडक डिभिजन कार्यालय साँफेबगरसँग समन्वय गरी सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ। उक्त स्थान प्रहरी चौकी चौखुट्टेबाट करिब ३ किलोमिटर दक्षिणतर्फ पर्छ। लगातार वर्षा भइरहेकाले यात्र