जिल्लामा पार्टी संकटमा परेको बेला काँध थापेका नेता हुन बोहरा


पैरवी खबर

अछाम । नेकपा एमाले अछामका पुर्व जिल्ला अध्यक्ष चन्द्र बहादुर बोहरा कार्यकर्तामा छुट्टै पहिचान बनाउन सफल भएका नेता हुन । प्रखर वक्ताको छवी बनाउनु भएका युवा नेता बोहरा जस्तो सुकै अवस्थामा पनि आफ्नो पार्टीको विचार र दृष्टिकोणका बारेमा राम्रो बहस गर्न सक्ने क्षमता राख्नुहुन्छ । निडर स्वभावका नेता बोहराले त्यो निडरता पार्टी अफ्ठेरोमा परेको बेला देखाएका थिए । तत्कालीन समयमा नेकपा विभाजन हुदा अधिकांश नेताहरु केपी ओलीको पक्षमा खुलेर आउन नसकेको अवस्थामा नेता बोहराले ओलीको पक्षमा खुल्ने मात्र होइन जिल्लाको नेतृत्व नै गरे ।
अहिलेका नेपाली कम्युनिष्ट पार्टीका सबै नेताहरु केपी ओलीको विरुद्धमा लागेको अवस्थामा त्यसको प्रभाव अछाम जिल्लामा अरु जिल्लाको भन्दा निकै बढी परेको थियो । अछाम जिल्लामा केपी ओलीको पक्षमा खुलेर बोल्न समेत नेताहरुले आनाकानी गरिरहेको अवस्थामा बोहरा केपी ओलीको पक्षमा दृढताका साथ उभिने नेता मध्यका एक साहसिक नेता हुन । देशकै राष्ट्रिय राजनितिमा प्रभाव पार्ने नेता भिम रावल केपी ओलीको विपक्षमा उभिएपछी जिल्लाका नेताहरु खुलेर ओलीको पक्षमा बोल्न नसकेको अवस्थामा पनि उहाले दुई –दुई पटक एमालेको नेतृत्व गर्नुभएको थियो ।
२०७८ साल पौस २७ गते पार्टीको जिल्ला अध्यक्षमा निर्वाचति हुनु भएका नेता बोहराले आफ्नो कार्यकाल निकै स्वर्णिम बनाउनु भएको छ । जिल्लामा पार्टी कमजोर भएको अवस्थामा जिल्लाका १० वटै पालिका सहित ९१ वटै वडामा मिसन ग्रासरुट अभियान सफलता पुर्वक सम्पन्न गरि एमाले जगाउने काम गर्नुभयो । यति मात्र होइन उहाले पार्टीको केन्द्रको नेतृत्वले गरेको निर्णय अनुसार चिवा भञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रालाई अछाम जिल्लामा भव्य रुपमा सम्पन्न गराउनु भएको थियो । पार्टीको काममा अवरात्र खटिने नेता बोहरा आफ्नो परिभाषित जिम्मेवारी कुशलता पुर्वक पुरा गर्ने नेताको छवी बनाउनु भएको छ । युवाहरुको माझमा निकै लोकप्रिय बोहरा पार्टीको नेतृत्वमा हुदा उनीहरुले उठाएका सवालका बारेमा बहस छलफल गरि देखिएका समस्याहरु समाधान गर्नु हुन्थ्यो । अहीले पनि अछाम जिल्लाका युवाहरुले पुर्व जिल्ला अध्यक्ष बोहरालाई केन्द्रिय कमीटीमा उमेदवारी दिन हौसला दिईरहेका छन ।