स्वास्थ्य कार्यक्रम काे बार्षिक समिक्षा तथा याेजना तर्जुमा सम्बन्धि दुई दिने गाेष्टि मेल्लेख मा सुरु


पैरवी खबर

पैरवी सम्बादाता, अछाम :स्वास्थ्य कार्यक्रम काे बार्षिक समिक्षा तथा याेजना तर्जुमा सम्बन्धि दुई दिने गाेष्टि अाज बाट मेल्लेख मा सुरु भएको छ । स्वास्थ्य संस्था स्तरिय दुई दिने बार्षिक समिक्षा तथा याेजना तर्जुमा गाेष्टि मेल्लेख गाउँपालिका अध्यक्ष लाेक बहादुर बाेहरा काे अध्यक्ष्ाता र जिल्ला समन्वय समिति प्रमुख नर बहादुर कुवर प्रमुख अतिथ्य भएको थियो ।

अध्यक्ष बाेहराले समिक्षा तथा याेजना तर्जुमा गाेष्टि उद्घाटन सत्र काे समापन मा बाेल्दै स्वास्थ्य कार्यक्रम काे बार्षिक समिक्षा तथा याेजना तर्जुमा गाेष्टि स्थानीय तहमा बार्षिक बजेट अाउनु भन्दा पहिले समिक्षा र याेजना तर्जुमा हुनुपर्ने पर्ने मा जाेड दिएका थिए ।

अब अागमि दिन मा स्थानीय तहले बजेट ल्याउन अगाबै स्वास्थ्य मा अावश्यक समस्य समधान गर्न पहिले नै कार्ययोजना पेश हुनुपर्ने बताएका छन । प्रमुख अतिथि नर बहादुर कुवर ले स्वास्थ्य का समस्य समाधान गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन । बार्षिक समिक्षा तथा याेजना तर्जुमा गाेष्टि मा मेल्लेख गा पा का अाठै अाेटा वडा काे अाब २०७७/०७८ मा स्वास्थ्य संस्थाले हाल सम्म भयगरेकाे काम र सेवा प्रबाह समन्धि प्रगति प्रतिबेदन प्रस्तुत गरिरहेका छन, प्रगति प्रतिबेदन , सेवा प्रबाह समन्धि छलफल तथा समिक्षा पनि भइरहेकाे छ ।

स्वास्थ्य संस्था थप सुधार र स्वास्थ्य सेवा बाट प्रबाह हुने स्वास्थ्य सुबिधा प्रभाकारि बनाउने उदेश्य का साथ समिक्षा भैरहेको छ ।यस्तै मेल्लेख स्वस्थ्य शाखा बाट यस अघि संचालन गरेका कृयाकलाप ,स्थानीय तहका स्वास्थ्य संस्था सुधार गर्न र स्वास्थ्य का सबै सुचक पूरा गर्न कार्ययोजना सहित तयार पारिने भएकाे छ ।

मेल्लेख गाउँपालिका स्वास्थ शाखा काे अायाेजना मा भयकाे स्वास्थ्य काे बार्षिक समिक्षा तथा याेजना तर्जुमा गाेष्टि मा स्वागत तथा कार्यक्रम काे उदेश्य बारे मेल्लख स्वास्थ्य शाखा प्रमुख वीर बहादुर ठकुल्ला ले जानकारी गराउनु भएकाे थियो ।

समिक्षा गाेष्टिकाे संचालन मेल्लेख स्वास्थ्य शाखा का नृप बुढाले गर्न भयकाे थियाे ।समिक्षा गाेष्टिमा अठै वडा का वडा अध्यक्ष हरु स्वास्थ्य ईनचार्ज हरुकाे सहभागिता रहेकाे छ ।