सेवाग्राहीको सहजताका लागि साँफेबगर- १२ खप्तड वडा कार्यालयको विशेष सेवा


पैरवी खबर

अछाम । साँफेबगर नगरपालिका–१२, खप्तड वडा कार्यालयले कैलाली, कञ्चनपुर तथा भारतका विभिन्न स्थानमा बसोबास गर्ने सामाजिक सुरक्षा भत्ता सेवाग्राहीलाई लक्षित गरी सञ्चालन गरेको ३ दिने नवीकरण सेवा सम्पन्न भएको छ।

सेवा अवधिमा ज्येष्ठ नागरिक, एकल महिला तथा बालबालिकालगायत ३९ जना सेवाग्राहीले सामाजिक सुरक्षा भत्ता नवीकरण गराएका छन् भने एक जनाले जन्मदर्ता सेवा लिएका छन्।

सेवाग्राहीलाई सहज र सरल रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त सेवा सफल बनाउन सहयोग गर्ने सबैप्रति वडा कार्यालयले आभार व्यक्त गरेको छ।

वडा कार्यालयले आगामी दिनमा पनि पहिलेझैँ सामाजिक सुरक्षा भत्ता नवीकरणलगायतका सेवा वडा कार्यालयबाट निरन्तर प्रदान गरिने जनाएको छ।