वैद्यनाथ क्षेत्र विकास संस्था अछामको नयाँ कार्यसमिति चयन


पैरवी खबर

२१ माघ, अछाम
वैद्यनाथ क्षेत्र विकास संस्थाको १० औं साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले चौरपाटी गाउँपालिका वडा नं.५ लुँग्राका निवर्तमान वडा अध्यक्ष टेकबहादुर खड्काको अध्यक्षमातामा १८ सदस्सीय नयाँ समिति गठन गरेको छ ।
संस्थाको सहअध्यक्षमा नृपबहादुर कुँवर, सदस्य सचिव देवराज उपाध्याय,  सह–सचिव प्रेमनाथ योगी, कोषाध्यक्ष रुपा आउजी र प्रवक्तामा नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश सदस्य तपेन्द्र कुँवर चयन हुनुभएको छ ।
सदस्यमा कालु सिंह कुँवर, वलबहादुर कुँवर, शंकरमान वोहरा, देउमल खड्का, भरत खड्का, झप्पर थापा, खेमराज कुँवर, जर्ज कडायत, अशोक कुँवर लगायत १८ सदस्सीय समिति चयन भएको सदस्य सचिव देवराज उपाध्यायले जानकारी दिनुभयो ।
नवनिर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक देवेन्द्र शाहले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । 
नवनिर्वाचित समितिलाई वधाई दिदै साँफेबगर नगर प्रमुख राजेन्द्र कुँवरले वैद्यनाथ क्षेत्रको  विशिष्ठ पहिचान वोकेको क्षेत्र रहेको भन्दै यसको ऐतिहासिक तथा धार्मिक प्रचारप्रसारको लागि सवैले लाग्नु पर्नेमा जोड दिनुभएको छ ।

वैद्यनाथ क्षेत्रको विकासको लागि साँफेबगर नगरपालिका सहकार्य गर्न तयार रहेको जानकारी दिनुभएको छ । यस्तै लुंग्रली गाडदेखि वैद्यनाथ क्षेत्रसम्म आउने वाटोमा कालोपत्रेको लागि टेण्डर भईसेकेको बताउँदै घरजग्गा धनीसँग छलफल गरेर काम अघि बढाउनको लागि आग्रह समेत गर्नुभयो ।

१० औं साधारण सभामा साँफेबगर नगर उपप्रमुख शिवबहादुर कुँवर शिलोज, साँफेबगर नगरपालिकाका निवर्तमान प्रमुख कुलबहादुर कुँवर, जिल्ला समन्वय समितिका सदस्य नरेन्द्र कुँवर, जिल्ला विकास समितिका पूर्व सदस्य टेकबहादुर कुँवर, वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष खड्क खड्का, वैद्यनाथ वेद विद्याश्रम विद्यालय व्यपस्थापन समितिका अध्यक्ष डण्डिराज जोशी, वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत भरत कुँवर, वैद्यनाथ क्षेत्र विकास संस्थाका निर्वतमान अध्यक्ष नेत्रबहादुर कुँवर लगायतको सहभागिता रहेको थियो ।