मंसिर ४गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नं.२ को क बाट बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी उपाध्यक्ष अक्कल रावल निर्वाचित भएका छ्न ।
बाम लोकतान्त्रिक गठबन्धनबाट निर्वाचित सांसद अक्कल बहादुर रावलले अछामका प्रथम सहिद टंक बोगटीको घरमा गएर सहिदका बुवा अमर सिङ् बोगटी लाई सम्मान गरेका छन,भने अर्कि सहिद अमृता नेपाली (रादिका) का भाइ महेन्द्र आउजी,
बुवा डबल सिङ आउजी ,आमा धौली देवि आउजी लाई भेटघाट गरेर सम्मान कार्यक्रम सम्पन्न गरेका छन ।
उक्त सम्मान कार्यक्रममा सहिद परिवारलाई पार्टीले सदैव स्मरण गरिराख्ने र आफ्नो पहलबाट हुने सहयोगको कुनै कसुर नरहने सांसद अक्कल रावलले बताएका छन, उक्त भेटघाटमा सहिद परिवारले हाम्रा सन्ततिले देखाएको बाटोमा हामी प्रतिबद्ध रहने भन्दै जनताको पार्टी माओवादी केन्द्रलाई बलियो बनाउनु पर्ने बताएका छन । भेटघाट कार्यक्रममा माओवादी केन्द्रका विभिन्न तहका नेताहरुको सहभागीता रहेको थियो ।