पन्चदेवल विनायक नगरपालिकाले समपुरक र विशेष दुवै अनुदान पाएनन्


पैरवी खबर

कल्पना बोहरा
अछामका स्थानीय तहको लागि सुदुरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयबाट विशेष र समपुरक गरी करिब ५ करोड रुपैयां प्राप्त भएको छ । चालु आर्थिक बर्ष २०७९÷८० मा समपुरक अनुदान तर्फ २ करोड ७० लाख २० हजार र विशेष अनुदान तर्फ २ करोड गरी कुल ४ करोड ७० लाख २० बजेट प्राप्त भएको हो ।
समपुरक अनुदान तर्फ जिल्लाका ७ वटा स्थानीय तह र विशेष अनुदान तर्फ ८ वटा पालिकालले अनुदान प्राप्त गरेका छन् । समपुरक अनुदानमा जिल्लाको पन्चदेवल विनायक नगरपालिका, मेल्लेख र ढकारी गाउँपालिका अनुदान पाउनबाट बन्चित भएका छन् । यस्तै विशेष अनुदान तर्फ पन्चदेवल विनायक नगरपालिका र तुर्माखाँद गाउँपालिकाले अनुदान प्राप्त गर्न सकेनन् । पन्चदेवल विनायक नगरपालिका भने समपुरक र विशेष गरी दुवै अनुदानबाट बन्चित भएको छ ।
जिल्लामा सवैभन्दा वढी समपुरक अनुदान प्राप्त गर्ने रामारोशन गाउँपालिकाले ८१ लाख ४० हजार र कम प्राप्त गर्ने चौरपाटी गाउँपालिकाले २० लाख पाएको छ । ६ वटा पालिकाले एक÷एक योजनाको लागि अनुदान पाएका छन् भने रामारोशन गाउँपालिकाले तीन वटा योजनाको लागि अनुदान पाएको छ । रामारोशन गाउँपालिका वडा नं. २ चाफामाण्डौं चिलयात्रा वस्ति विकासको लागि ४४ लाख, वडा नम्बर १ मलातिकोट स्थित लघुजलबिद्युत योजनाको लागि २४ लाख ७३ हजार र वडा नम्बर २ चाफामाण्डौंको कैलाश खोला लघुजलबिद्युत योजनाको लागि १२ लाख ६७ हजार गरी ८१ लाख ४० हजार रुपैंया प्राप्त भएको छ ।
चौरपाटी गाउँपालिका वडा नम्बर २ सोकटमा निर्माण हुने चौमुखी पतलचौर ग्रामिण सडक निमार्णको लागि २० लाख रकम प्राप्त गरेको छ । त्यस्तै तृर्माखाँद गाउँपालिका वडा नम्बर १ को भुलु राहापा सडक निमार्णको लागि ६० लाख, वान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ कोटघर गाँज्रा सडक कालोपत्रेको लागि ३७ लाख ५० हजार, मंगलसैन नगरपालिका वडा नम्बर १४ कालागाउँको खडखडे खानेपानी योजनाको लागि २५ लाख ३० हजार रुपैया प्रदेशको आर्थिक मामिला मन्त्रालयबाट विनियोजित भएको छ ।
यस्तै साँफेबगर नगरपालिका वडा नम्बर १ वैजनाथमा निर्माणधिन सुर्यचन्द्र व्यावसायी नमुना मावि छात्रवास निमार्णको लागि २४ लाख र कमलबजार नगरपालिकाको हल निमार्णको लागि २२ लाख रकम विनियोजित भएको छ । समपुरक अनुदान प्राप्त गर्ने पालिकाले आधा रकम व्यहोनु पर्नेछ ।
यस्तै बिशेष अनुदान तर्फ जिल्लाका ८ वटा स्थानीय तहले समान २५÷२५ लाखका दरले २ करोड अनुदान प्राप्त गरेका छन । साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटको दोगाडे खानेपानी योजना, मेल्लेख गाउँपालिका वडा नम्बर १ ऋषिदहको भवन निमार्ण, चौरपाटी गाउँपालिका वडा नम्बर ३ गगुडामा वृहत खानेपानी योजना अन्र्तगत एक घर एक धारा निमार्ण र बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैन स्वास्थ्य चौकी भवन निमार्णको लागि २५÷२५ लाख रुपैया प्राप्त भएको छ ।
यस्तै रामारोजन गाउँपालिका वडा नम्बर ७ सुतारका एैडीओड वान्नीविस्ना सडक निमार्ण, मंगलसैन नगरपालिकामा खोप व्यवस्थापन रेफ्रीजेरेटर स्थापना, ढकारी गाउँपालिका वडा नम्बर १ ढकारीमा खडिका रुख तल्लोे बासल्ला खानेपानी योजना र कमलबजार नगरपालिका वडा नम्बर ३ वयालास्थित नेपाल राष्ट्रिय मावि भवन निमार्णको लागि पनि समान २५÷२५ लाख रुपैया प्राप्त भएको छ । सम्पूरक अनुदान प्रदेश सरकार र स्थानीय सरकारले आधा–आधा वजेट भएपनि विशेष अनुदानका योजना भने प्रदेश सरकारको लागतमा निर्माण हुनेछन् ।