श्रावण २० अछाम
सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति मंसिर ४ गतेको लागि घोषणा गरेको छ । निर्वाचनको मिति घोषणा भएसँगै उम्मेदवारको पनि चर्चा सुरु हुन थालेको छ । आगामि चुनावमा नेताहरु उम्मेदवार बन्न आकांक्षा व्यक्त गर्दै आफ्नो तर्फबाट तयारीमा जुटिसकेका छन् । यसै सन्दर्भमा प्रतिनिधिसभा निर्वाचनका लागि अछाम क्षेत्र नम्बर १ लाई निकै चासोका साथ हेरिएको छ । यो क्षेत्रमा ‘हेभी वेट’ उम्मेदवारबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
यी हुन् चर्चामा रहेका उम्मेदवार
अछामको क्षेत्र नम्बर–१ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रभावशाली नेता पूर्व उपप्रधामन्त्री, निवर्तमान पार्टीका उपाध्यक्ष डा.भीम रावल, प्रदेशका पूर्व अर्थमन्त्री झपट वोहराको निर्वाचन क्षेत्र हो । त्यस्तै गरी एकिकृत समाजवादीका केन्द्रिय सदस्य एवम् श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर, नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व सूचना सञ्चार मन्त्री गोविन्द्र शाह, प्रदेशका महामन्त्री मेघराज खड्का र नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य, एवंम् राष्ट्रिय सभा सदस्य तारामान स्वाँरको निर्वाचन क्षेत्र पनि हो ।
अछाम निर्वाचन क्षेत्र नम्बर १ म नेकपा एमालेले २०६४ सालदेखि लगातार तीन पटक जितेको छ । २०६४ सालको संविधान सभाको चुनावमा अहिलेका एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम् श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जित्नुभएको थियो । २०६४ सालको संविधान सभामा सुदूरपश्चिमका २१ वटा सिटमध्ये नेकपा एमालेले ३ सितमा जित हासिल गर्दा अछामको क्षेत्र नम्बर–१ मा एमाले विजयी भएको थियो । अहिलेका समाजवादी पार्टीका केन्द्रिय सदस्य श्रम मन्त्री कुँवरले नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व सूचना सञ्चार मन्त्री गोविन्द्र शाहलाई फराकिलो मन्तान्तरले पराजित गर्नुभएको थियो ।
२०७० सालको संविधान सभाको दोस्रो चुनाव र २०७४ सालको आम निर्वाचनमा प्रतिपक्ष दल नेकपा एमालेका प्रभावशाली नेता पूर्व उपप्रधामन्त्री, निवर्तमान पार्टीका उपाध्यक्ष डा. भीम रावलले जित्नुभएको थियो । २०७० सालमा नेकपा एमाले एक्लैले नेपाली काँग्रेस प्रदेशका महामन्त्री मेघराज खड्का र २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका रावलले कांग्रेसका निर्वतमान पार्टी सभापति भरत स्वाँरलाई पराजित गर्नुभएको थियो ।
अछाम निर्वाचन क्षेत्र नं.१ लाई नेकपा एमाले, कांग्रेस र एकिकृत समाजवादी पार्टीले महत्वका साथ हेरेको छ । निर्वाचन क्षेत्र नं.१ लाई नेकपा एमाले आफ्नो पुरानै अवस्थामा फकाउने चाहेको छ । नेकपा एमालेको तर्फबाट क्षेत्र नं.१ मा पूर्व उपप्रधानमन्त्री डा.भीम रावल, प्रदेशका पूर्व अर्थमन्त्री झपट वोहरा, जिल्ला विकास समितिका पूर्व सभापति कृष्ण प्रसाद भट्टराईको चर्चा बढी रहेको छ । नेपाली कांग्रेस पनि पाँच दलिय गठबन्धनबाट जित्ने रणनीतिमा अघि बढेको देखिन्छ । माओवादी केन्द्र र समाजवादी पार्टीको साथ पाउने अपेक्षा कांग्रेस रहेको छ । क्षेत्र न ं१ बाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व सूचना सञ्चार राज्यमन्त्री गोविन्द्र शाह, प्रदेशका महामन्त्री मेघराज खड्का र निर्वतमान पार्टी सभापति भरत स्वाँर, महासमिति सदस्य टीकाराम खनालको वढी चर्चा रहेको छ।
यस्तै एकिकृत समाजवादी पार्टीले पनि क्षेत्र नं.१ लाई दावि गरेको देखिन्छ । एकिकृत समाजवादीका केन्द्रिय सदस्य एवम् श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको चर्चा रहेको छ । एकिकृत समाजवादीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपालले अछाम क्षेत्र नं.१ लाई दावि गरेको चर्चा रहेको छ । मन्त्री कुँवरले पार्टीले टिकट दिएमा आफू पछि नहट्ने बताईसक्नुभएको छ । यता गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा पार्टीका केन्द्रिय सदस्य दिपक साउद र झपट साउदलाई अघि सार्न तयारी गरेको छ । दुवै जना संविधान सभाको चुनावमा पराजित हुनुभएको हो ।
यस्तो छ अछाम–२ को लेखाजोखा निर्वाचनको मिति तय भएसँगै अछाममा को नेता कहाँबाट चुनाव लड्ने भन्नेबारे चर्चा सुरु भएको छ । उक्त चर्चा अनुसार दलहरु आ–आफ्नो मतको लेखाजोखा गर्न जुटेका छन् । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट नेता डा. भीमबहादुर रावल निर्वाचित हुनुभएको हो । उहाँले नेपाली काँग्रेसका भरत कुमार स्वाँरलाई ७ हजार २०१ मतले पराजित गरेका थिए । रावलले २४ हजार ८९३ मत पाउँदा काँग्रेसका स्वाँरले १७ हजार ६ सय ८९ मत पाउनुभयो । नेता रावल २०७४ सालमा नेकपा एमाले र माओवादीको गठबन्धनबाट जित्नुभएको हो । सो क्षेत्र तत्कालीन समयमा काँग्रेसको कमजोर क्षेत्रको रुपमा रहेको थियो । एमालेले र माओवादीले राम्रै प्रभाव बनाएको थिए । सो क्षेत्रमा साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिका नेकपा एमाले र मेल्लेख र रामारोशन गाउँपालिकामा वहुमत वडा सहित दुवै पार्टीले जित हासिल गरेका थिए । २०७४ मा सो क्षेत्रमा पर्ने वान्नीगढी जयगढ गाउँपालिकाका बाहेक अन्य सबैमा एमाले र माओवादी केन्द्रको दबदबा थियो ।
२०७९ को स्थानीय निर्वाचनमा भने गठबन्धनले जितेका छन् । निर्वाचन क्षेत्र नं.१ मा एक पालिकामा उपाध्यक्ष नेकपा एमालेले जितेको छ । त्यो वाहेक अहिलेको गठबन्धनले जित हासिल गरेको छ । नेपाली कांग्रेसले चौरपाटी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दुवै पद जितेको छ । साँफेबगर नगरपालिकामा प्रमुख, वान्नीगढी जयगढ र रामारोशन गाउँपालिकामा अध्यक्ष र मेल्लेख गाउँपालिकामा उपाध्यक्ष कांग्रेसले जित हासिल गरेको छ । २०६४ सालको निर्वाचनमा वान्नीगढी जयगढमा अध्यक्ष, चौरपाटी र मेल्लेखमा उपाध्यक्ष मात्रै जितेको थियो
नेकपा माओवादी केन्द्रले एक अध्यक्ष, उपाध्यक्ष र समाजवादीले एक नगर उपप्रमुखमा जित हासिल गरेको छ । नेकपा एक्लै चुनावमा लड्ने तयारीमा रहेको छ भने सत्ता गठबन्धनमा कुन पार्टीले टिकट पाउने भन्ने निर्णय भएको छैन ।