जेठ १९
लालबहादुर चदारा
अछामको मेल्लेख गाउँपालिका मा पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे आज उद्घाटन गरिएको छ ।
राष्ट्रपति रनिङ शिल्ड मेल्लेख गाउँपालिका वडा न .६ काे नन्देश्वरी साधारण तथा प्राविधिक विद्यालयकाे खेलमैदानमा उद्घाटन गरिएकाे हाे। प्रतियोगिताकाे उद्घाटन गर्दै मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काले मेल्लेख गाउपालिकामा शिक्षा स्वास्थ्य खेलकुद विकासकाे लागि आफ्नाे आगामि कार्यकालमा पहिलाे प्रथामिकताका साथ याेजना बनाई अघि बढने बताएका छन ।
खेलकुद काे विकासकाे लागि मेल्लेखमा छुट्टै काेषकाे व्यवस्था गरिने ,उहाँले प्रतिभावान बिद्यार्थी काे प्रतिभा पहिचा गरि उनिहरुका लागि मेल्लेख गाउँपालिकाले लगानी लगाउन पछि नहट्ने पनि बताउनु भएको छ ।
प्रतियोगितामा आफ्नाे प्रतिभा खुलेर प्रतिस्पर्धामा सहभागी हुन पनि विद्यार्थीहरुलाई अग्रह गर्नुभएको छ । नन्देशवरी साधारण तथा प्रविधिक विद्यालयका प्रधानध्यापक कुल बहादुर रावलकाे अध्यक्षतामा भएकाे राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा प्रमुख अतिथि मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्का रहनु भएकाे थियो । प्रतियोगितामा मेल्लेख गाउँपालिका वडा न. ६ का अध्यक्ष तिलक कडायत, वडा न. ५ का वडा अध्यक्ष प्रकाश अधिकारी, वडा न .८ का अध्यक्ष महेश ठकुल्ला, वडा न. ६ का निवर्तमान अध्यक्ष नरपति रावल ,एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य डम्बर नेपाली ,नेकपा एमालेका पुर्ब जिल्ला कमिटी सदस्य तथा वडा न .६ का वडा सदस्य वीर बहादुर बाेहरा ,नेपाली काँग्रेस प्रतिनिधि चेतमान खडका ,नेकपा माओवादी केन्द्र मेल्लेख संगठन कमिटी उपाध्यक्ष गाेरख बाेहरा, एकीकृत समाजवादी वडा न .६ का वडा संगठन कमिटी अध्यक्ष नृप खडका ,अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष नरेन्द्र बहादुर खड्का ,नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष राम बहादुर साउद, खेल प्रशिक्षक मीन बहादुर बुढथापा ,जनता माध्यमिक विद्यालय मेल्लेख का प्र. अ . नृप बहादुर बिक लगायतले शुभकामना मनतव्य राख्नु भएकाे थियाे ।
मेल्लेख गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत बिरेन्द्र बहादुर खडकाकाे स्वागत मनतव्य बाट सुरु भएकाे प्रतियोगिता काे संचालन नन्देश्वरी मा .वि का शिक्षक पृथ्वी रावलले गर्नु भएकाे थियाे ।प्रतियोगितामा मेल्लेख गाउँपालिका अन्तर्गत का ८ ओटा विद्यालयकाे सहभागिता रहेकाे थियाे । प्रतियोगितामा आज पहिलाे दिन प्रत्येक विद्यालय बाट आफ्नाे साँस्कृतिक प्रस्तुति पनि राखेका थिए ।भाेलि बिहानबाट विभिन्न विद्यालयका खेलहरु अगाडि बढने आयाेजकले जनाएकाे छ।
प्रतियोगिता मेल्लेख शिक्षा युवा तथा खेलकुद शाखा काे आयाेजना र नन्देश्वरी साधारण तथा प्राविधिक विद्यालयकाे सह आयाेजनामा भैरहेकाे छ । प्रतयाेगितामा विभिन्न विधालयबाट उत्कृष्ट खेलाडी छाेनाेट गरिने छ ।