बुढाकोटमा लोकतान्त्रिक गठबन्धन अध्यक्ष पदका उम्मेदवार दिपक कुवर प्यानल सहित विजयी


पैरवी खबर

साफेबगर : साफेबगर नगरपालिका वडा नं ०९ बुढाकोटमा लोकतान्त्रिक गठबन्धन एकीकृत समाजवादीको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार दिपक कुवर प्यानल सहित विजयी भएका छन ।
आइतबार राति सम्पन्न मतगणनामा समाजवादीका उम्मेदवार कुवर ४६९ मत ल्याई विजयी हुनुभएको हो।
उनका निकटम प्रतिद्वन्द्वी एमालेका नर बहादुर कुवरले ३३१ मत पाएका थिए ।
अन्य सदस्यहरुमा समाजवादी बाट राधा देवी साउद ४२५ मत ,काङ्ग्रेस बाट दुर्गा बिक ३९६ मत ,काङ्ग्रेसका नरेन्द्र बहादुर कुवर ४४९ मत , लाल बहादुर कुवर ४१६ मत ल्याई अत्यधिक बहुमतले विजयी भएका छन ।
यस्तै बुढाकोट बाट नेपाली कांग्रेस नगर प्रमुख पदका उम्मेदवार राजेन्द्र कुँवरले ४२७ मत, एमालेको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार पशुपति कुँवरले ३७६ मत प्राप्त गर्नुभएको हो ।
उपप्रमुखमा समाजवादीका शिलोज कुवरले ४३५ र माओवादी केन्द्रका सुर्य चिन्ह लिई उम्मेदवार बनेका रंग ठकुल्लाले ३६५ मत प्राप्त गरेका छन ।