साँफेबगर नगरपालिकामा नगर प्रमुख र उप प्रमुखको पाँच वर्षे कार्यकाल समाप्त


पैरवी खबर

रमेश पुरुष
साँफेबगर , २०७४ सालको स्थानीय निर्वाचनमा साफेबगर नगरपालिकामा सुर्य चिन्ह बाट विजयी नगर प्रमुख कुल बहादुर कुवर र उप प्रमुख बिर्मला देवी बुड्थापाको पाँच बर्से कार्यकाल समाप्त भएको छ ।
नगर प्रमुख कुवरले अब आउने जन प्रतिनिधिले आफुले गरेका असल कामको निरन्तरता र अधुरा रहेका कामहरु पुरा गर्न आग्रह गर्नुभएको छ ।
शिक्षा , स्वास्थ्य , खानेपानी , कृषि , पशु ,बिजुली , सडक र पाेषणको क्षेत्रमा केन्द्रित रहेर काम गर्नु भएका कुवरले
नगरका १४ ओटै वडामा रहेका विपन्न वर्गका घर परिवारहरुलाई गरीब परिचयपत्र वितरण , नगरबासीहरुलाई स्वास्थ्य बिमा गराउनमा अगुवाइ , नगरपालिकामा अपांगता भएका ग र घ बर्गका ब्यक्तिहरुलाई रु. १२ हजारका दरले भत्ता वितरण ,न्याय हेल्थ नेपाल बयलपाटा अस्पतालको स्तरोन्नतिका लागि महत्त्वपूर्ण योगदान ,बेरोजगार युवाहरुका लागि कपाल देखि कम्प्युटर सम्मका तालिमहरु संचालन लगायतका सर्हानीय कार्यहरु गर्नुभएको हो ।

आज सम्मका बैठकहरु बिना विवाद सम्पन्न भएका र नगरबासीको भावनाको कदर गर्दै आफुले काम गरेको , अझै पनि नगर प्रमुखको जिम्मेवारी बाट गएपनि नगरपालिका भन्दा बाहिर रहेर आफ्नो भुमिका निर्वाह गर्ने बताउनु भएको छ ।

नगर उप प्रमुख बिर्मला देवी बुड्थापाले आफुलाइ सुर्य चिन्हमा मतदान गरि यो स्थान सम्म पुर्याउनुहुने सम्पुर्ण साफेबगर नगरबासीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

उप प्रमुख बुड्थापाले महिला हिंसा , छाउपडी प्रथा बाल विवाह न्यूनीकरणका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नुभएको छ । साफेबगर नगरपालिकाका १४ वटै वडामा ९४२ वडा छाउगोठहरु भत्काउन अगुवाई गर्नुका साथै बालमैत्री वडा घोषणा , गर्भवती संग नगर उप प्रमुख कोशेली कार्यक्रम , एकल महिला सङ्ग एकल महिला विपन्न कार्यक्रम लगायत अन्य जनचेतनामुलक तालिम तथा कार्यक्रमहरु संचालन गर्नुभएको हो ।

अब आउने जन प्रतिनिधिहरुले नगरपालिकाको नारालाई आत्मसात गर्दै अगाडी बढ्न आग्रह गर्नुभएको छ ।