११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा साँफेबगर नगरपालिका वडा न- १३ बाब्लामा देउडा खेल तथा विविध सांकृतिक कार्यक्रमको सम्पन्न भएको छ।
वाक नेपालद्धारा संचालित सामाजिक रूपान्तरणका लागी महिला सशक्तिकरण परियोजना कार्यक्रमको आयोजनामा भएको देउडा खेल तथा विविध सांकृतिक कार्यक्रममा सहभागि महिलाले आ–आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।
देउडा खेल तथा विविध सांकृतिक कार्यक्रम वडा स्तरीय महिला संजालका अध्यक्ष बिर्मा रेग्मी (जोशी)को अध्यक्षतामा भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष सागर सिंह बाब्लि, बिशिस्ट अतिथि नगर कार्यपालिका सदस्य पबित्रा कुवर लगाएत अतिथि रहनुभएको थियो । कार्यक्रमको संचालन आशा कुवर खड्काले गर्नु भएको थियो।