साफेबगर : नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी वडा कमिटी बुढाकोटको प्रथम बिस्तारित बैठक सम्पन्न भएको छ ।
वडा कमिटी अध्यक्ष बम बहादुर कुवरको अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथि नगर कमिटी इन्चार्ज एवं जिल्ला कमिटी सह सचिव हिक्मत कुवर रहनु भएको थियो ।
बैठकमा जिल्ला कमिटी सदस्य सुरेश कुवर , भरत खड्का , शिक्षक प्रतिनिधि शंकर कुवर , तिलाराज सुवेदी , नगर कमिटी सह सचिव लक्ष्मण थापा , सिद्धेश्वर वडा कमिटी सचिव सुनिल भुल अतिथि रहनु भएको थियो ।
संगठित सदस्यता बितरण , टोल कमिटी गठन गर्ने लगाएतका निर्णयहरु गरिएका छन ।
बैठकको संचालन वडा कमिटी सचिव दिपक बिकले गर्नुभएको थियो ।