पाेषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक बुढाकोटमा सम्पन्न


पैरवी खबर

साफेबगर :साफेबगर नगरपालिका ९ बुढाकोटमा बहु क्षेत्रीय पोषण योजना (MSNP ) वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको चालु आ.व .०७८/८९ को बैठक सम्पन्न भएको छ ।

बैठकमा आ.व.०७७/७८ मा यस वडामा संचालन भएका पोषण तथा खाद्य सुरक्षा सम्बन्धि कार्यक्रमहरु संतोषजनक रूपमा कार्यान्वयन भएका बारे समिक्षा गरिएको थियो ।

साफेबगर नगरपालिका १४ ओटै वडाहरुमा चालु आ .व ०७८/ ७९ मा लागु हुने कार्यक्रमहरु यस वडामा पनि सुनौलो हजार दिनका आमाहरुलाई कुखुराका चल्लाहरु वितरण गर्ने कार्यक्रम रहेको ,
गर्भवती संग उप प्रमुख कोशेली कार्यक्रम रहेको , कृषि ,पशु , खानेपानी तथा सरसफाइ महिला ,बालबालिका स्वास्थ्य शिक्षा र सुशासन क्षेत्रमा पालिकाको कार्यक्रम रहेको जानकारी गराइएको थियो ।

वडा अध्यक्ष धुर्ब बहादुर थापाको अध्यक्षतामा भएको बैठकमा वडा सदस्य दिपक कुवर, विद्यालय प्रतिनिधि शंकर बहादुर कुवर, स्वास्थ्य चौकी प्रतिनिधि तुल बुढा ,साफेबगर नगर अपांग अध्यक्ष सर्जन परियार ,नगर दलित संजाल सचिव नृप ताम्राकार , पत्रकार रमेश परियार, स्वास्थ्य स्वयंसेविका धौली मिजार , पाेषण स्वयंसेवक चेतन गन्धर्व , स्वास्थ्य बिमा दर्ता सहयोगी लक्ष्मण थापा, समाजसेवी मोहन कुवर अतिथि रहनुभएको थियो । बैठकको संचालन वडा सचिव पुर्णराज उपाध्यायले गर्नुभएको थियो ।