पुस , २८ अछाम
चौरपाटी गाउँपालिका वडा नं ४ पायलका एक महिलाका कुटानि पिसानि मिलमा सल बेरिएर आज मृत्यु भएको छ।
साँफेबगर नगरपालिका वडा नं १ बैजनाथमा रहेको आफ्नै कुटानि पिसानि मिलमा सल बेरिएर ५१ वर्षिया सुन्तला बोहराको घटना स्थलमै ज्यान गएको मृत्यकका श्रीमान शंकरमान बोहराले जानकारी दिनुभयो । धान कुटाउने क्रममा सल बेरिएर ज्यान गएको हो । मृत्यक बोहराको शरीरका दुई भाग भएका छन । उनका दुई छोरा दुई छोरी रहेका छन ।