साफेबगर नगरपालिका ९ को बुढाकोट मा.वि.बुढाकोटमा दिवा खाजा कार्यक्रम सुरु भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालय तथा बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा कार्यक्रम संचालन भएको हो । बालबिकास देखि कक्षा ५ सम्मका विद्यार्थीहरुका लागि संचालन गरिएको दिवा खाजा कार्यक्रममा रासन स्केल चामल ८० ग्राम , दाल २० ग्राम , तेल १० ग्राम , आयोडिन युक्त्त नुन २ ग्राम रहेको छ । यो कार्यक्रम विद्यालय बिदाका दिन बाहेक दैनिक संचालन हुने गरेको छ । यो कार्यक्रमले विद्यार्थीहरुमा सकारात्मक प्रभाव परेको, विद्यालय प्रतिको आकर्षण बढेको , दैनिक जसो विद्यालयमा अनुपस्थित हुने विद्यार्थीहरुका लागि निरन्तर हाजिर हुनमा मदत भइरहेको शिक्षक शिक्षिकाहरुले बताएका छन ।