एकल महिला तथा ज्येष्ठ नागरिकलाई न्यानो लुगा बितरण कार्यक्रम बैजनाथमा सम्पन्न भएको छ । साफेबगर नगरपालिका १न. वडा बैजनाथमा नेमसिस युवा क्लबद्वारा बैजनाथका विभिन्न टोलका ५५ जना एकल महिला तथा ज्येष्ठ नागरिकलाई न्यानो लुगा बितरण गरिएको हो । नेमसिस युवा क्लबका अध्यक्ष अम्मर बहादुर बोहराको अध्यक्षतामा भएको बितरण कार्यक्रम मा साफेबगर नगरपालिका १ न . वडा बैजनाथका वडा अध्यक्ष अम्मर बहादुर शाह प्रमुख अथिती रहनुभएको थियो । वैद्यनाथ धाम पर्यटन कार्यकरी भरत बहादुर कुवर , वैद्यनाथ बेद विद्याश्रम प्राचार्य देवराज उपाध्यायले शुभकामना मन्तव्य राख्नुभएको थियो । क्लबका सदस्य नृप कठायतले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन युवा समाजसेवी प्रेमनाथ योगीले गर्नुभएको थियो ।