एकीकृत विकास समाज आइ डि एस नेपाल काे बिद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता सुबिधा मा सुधार र प्रयाेगात्मक अभिवृद्धि का लागि प्राबिधिक सहयोग कार्यक्रम अन्तर्गत
सामाजिक व्यावहार परिवर्तन काे संचार सम्बन्धि १ दिने तालिम मेल्लेख मा सम्पन्न भएकाे छ । मेल्लेख शिक्षा शाखा प्रमुख बिरेन्द्र बहादुर खड्का काे अध्यक्षतामा भएकाे तालिम का प्रमुख अतिथि मेल्लेख गाउपालिका सामाजिक बिकास सयाेजक तथा वडा न ६ का वडा अध्यक्ष नरपति रावल रहनु भएकाे थियाे
तालिममा अाधारभुत तहमा शिकाइ उपलब्धि र शैक्षिक परिबर्तन नयाँ प्रबिधि ज्ञन सीप सरसफाइ लगायत सबै व्यवस्था अधारभुत तहका बालबालिका हरु संग पुर्याउने उद्देश्य का साथ तालिममा छलफल भएकाे हाे ।
तालिम सापनमा सहभागी काे तर्फबाट बाेल्दै मिना बुढा ,र बाबुराम साउदले तालिममा छलफल भएका बिषय बिद्यालय र समुदाय मा कार्यनयन हुनुपर्ने बताएका छन तालिममा मेल्लेख का दिवाखाजा लागू भएका २९ वटा अाधारभुत तहका प्रधानध्यपक हरु सस्था का राजेन्द्र खड्का लगायतको सहभागिता रहेकाे थियाे तालिम काे सहजिकरण अाइ डि एस नेपाल का जिल्ला अधिकृत टेक बहादुर खडका ले गर्नु भएकाे थियाे । तालिम समापन कार्यक्रम संचालन आइ डि एस नेपाल का पालिका काेडिनेटर प्रेम खडकाले गर्नु भएकाे थियाे ।