नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) मेल्लख गाउँपालिका संगठन कमिटीको प्रथम भेला सम्पन्न


पैरवी खबर

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी समाजवादी ) को मेल्लख गाउँपालिका संगठन कमिटी प्रथम भेला सम्पन्न भएको छ।
मेल्लख गाउँपालिका संगठन कमिटीका अध्यक्षता नृप साउदको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय सदस्य, सुदुरपश्चिम् प्रदेश कमिटी उपाध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर रहनुभएको थियो । प्रथम भेलालाई सम्बोधन गर्दै केन्द्रिय कमिटी सदस्य कुँवरले दस बुद्दे सम्झौता गरेर केपि शर्मा ओलिको शरणमा गएका १० भाईको अहिले बेहाल भएको दाबी गर्नुभयो । एमालेको १० औं राष्ट्रिय महाधिवेशनले १० भाईलाई घर घाटको बनाएको धारणा व्यक्त गर्नुभयो । एकताको नाममा भिम रावलले केपि शर्माको गलत कदमलाई समर्थन गरेका कारणलाई रावललाई साथ नदिएको केन्द्रिय सदस्य कुँवरको भनाई रहेको छ । रावलले सुरुमा जुन बाटो देखाएको थियो, आफू त्यही बाटोमा रहेको बताउदै रावलले आन्दोलनलाई धोका दिएर ओलिको शरणमा गएको जिकिर गर्नुभयो ।
भेलामा बोल्दै विशिष्ठ अतिथि केन्द्रिय सदस्य अछाम ईन्चार्ज, साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले आन्दोलनलाई बिच बाटोमा छोडेर जानु जनताप्रति गद्दार भएको बताउनुभयो । केपी ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिविरुद्ध आन्दोलन गर्ने लगाउने अहिले एकताको नाममा केपिको दासत्व सहने व्यक्तिले कम्युनिष्ट आन्दोलनलाई धोका दिएको बताउनुभयो । उहाँले केपि ओलिको गलत कदमका विरुद्ध एमालेबाट बिद्रोह गरेर समाजावादी पार्टीको निर्माण भएको ठोकुवा गर्नुभयो ।
भेलामा बोल्दै बिशिष्ठ अतिथी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय सदस्य अछाम सहईन्चार्ज एवम् सुदुरपश्चिम् प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री मिना साउदले केपि ओलि नवउदारवाद राजाको संज्ञा दिनुभयो । उहाँले केपि ओलिको गलत प्रवृत्तिका कारण कम्युनिस्ट पार्टीको दुई तिहाई बहुमत नजिकको सरकार गुमेको धारण राख्नुभयो । साँफेदेखि मेल्लेख जोड्ने सडकलाई प्रदेश सरकारले प्रमुख प्राथमिकता दिएको पनि बताउनुभयो ।
प्रथम भेलालाई केन्द्रिय परिषद कमिटी सदस्य अमृता खड्का, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराई, प्रदेश कमिटी सदस्य शेरबहादुर साउद, शिवबहादुर कुँवर शिलोज, जितबहादुर निशानी,डम्बर नेपाली, जिल्ला कमिटी उपाध्यक्ष बिर्मला देबि बुड्थापा, समाजवादी प्रेस संगठन केन्द्रिय उपाध्यक्ष राजेन्द्र कुँवर ,बान्निगढी जयगढ गाउँपालिका संगठन कमिटीका इन्चार्ज टेकबादुर रावल, रामारोशन गाउँपालिका इन्चार्ज ताराप्रसाद खनाल, सहकारी बिभाग सदस्य सुरत खड्का, चलचित्र बोर्डका केन्द्रिय सदस्य मानबहादुर कुँवर लगायतले सम्बोधन गर्नुभएको थियो
जिल्ला कमिटी सदस्य समिता महरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन गाउँ संगठन कमिटी सचिव टेकबहादुर साउदले गर्नुभएको थियो ।