साफेबगर :नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र वडा संगठन कमिटी जाल्पादेवीको वडा अधिबेशन सम्पन्न भएको छ । वडा संगठन कमिटी अध्यक्ष नेत्र परियारको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्र अछाम जिल्ला कमिटी कमिटी सदस्य लोक बहादुर बोहरा (अविरल ) रहनु भएको थियो । जिल्ला कमिटी सदस्य सुरत भुल , रंग ठकुल्ला , मनोज रावल , नगर संगठन कमिटी अध्यक्ष प्रेम बि क , सदस्य दिपक सुनार , मिना कुवर अधिकारी अतिथि रहनुभएको थियो । अधिबेशनले नेत्र परियारको अध्यक्षतामा १५ सदस्यीय वडा संगठन कमिटी गठन गरेको छ ।उपाध्यक्ष मदन आउजी , सचिब ज्ञानेन्द्र बहादुर स्वार , सह सचिव उमेश आउजी , काेषाध्यक्ष पवन भुल ,सदस्य कालू आउजी लगाएत सदस्य रहेका छन । मिना कुवर अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन ज्ञानेन्द्र स्वारले गर्नुभएको थियो ।