साफेबगर :नेपाल कम्युनिष्ठ पार्टी (एकीकृत समाजवादीको) साँफेबगर नगरपालिका वडा नं १० घुघुरकोटमा वडा कमिटी गठन गरिएको छ ।
रबिन्द्र खड्काको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा भिम बोगटी , सुमित्रा खड्का, सचिवमा सन्तोष महता, उपसचिवमा कमल भुल र डवल रावत चयन भएका छ्न ।
जयबहादुर खड्काको अध्यक्षतामा भएको प्रथम भेलाका प्रमुख अतिथी नेपाल कम्युनिष्ठ पार्टी एकीकृत समाजवादीका केन्द्रिय सल्लाहकार सदस्य अमृता खड्का रहनुभएको थियो। प्रमुख अतिथी केन्द्रिय सल्लाहकार सदस्य खड्काले केपि शर्मा ओलिको प्रतिगमनका विरुद्ध बिद्रोह भएको बताउनुभयो ।
प्रदेस कमिटी सदस्य शिवबहादुर कुँवर शिलोजले केपी ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिविरुद्ध आफूहरुले विद्रोह गरेको बताउनुभयो ।
प्रदेश कमिटी सदस्य जितबहादुर निशानीले नेपाली जनताले नेकपालाई दिएको दुई तिहाई बहुमत केपी ओलिको गलत प्रवृत्तिका कारण समाप्त भएको ठोकुवा गर्नुभयो ।
प्रथम वडा भेलामा जिल्ला कमिटी सचिवालय सदस्य जयन्ती बोगटी, जिल्ला कमिटी सदस्य मानबहादुर कुँवर,भरत खड्का, लक्ष्मण महता,अनेरास्ववियुका जिल्ला कमिटी उपसचिव मनिश विक लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
लक्ष्मण महताले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम सन्चालन युवराज कुँवरले गर्नुभएको थियो।