साफेबगर :नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र साफेबगर नगर कमिटीको भेला सम्पन्न भएको छ । माओवादी केन्द्र अछामका सचिवालय सदस्य तथा नगर कमिटी अध्यक्ष टंक बहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको हो । जिल्ला सचिवालय सदस्य भरत बहादुर स्वार प्रमुख अतिथि रहनु भएको भेलामा जि स स सुरत भुल , रंग ठकुल्ला ,गङग रावत , मनोज रावल , अखिल क्रान्तिकारी केन्द्रिय सदस्य एवं अछाम जिल्ला इन्चार्ज बैजन्ती कुवर , दिपक सुनार , हिरिण्ड ठकुल्ला लगाएतको उपस्तिथि रहेको थियो । भेलामा संगठित सदस्यता नविकरण को समय केहि दिन थप्ने साफेबगर नगरपालिकामा पार्टीको कार्यालय स्थापना गर्ने लगाएतका निर्णय भएका छन मंसिर ६ गतेदेखि साफेबगर नगरपालिकाका सबै वडाहरुमा कमिटी गठन तथा वडा अधिबेशन गर्ने कार्य शुरु हुने भएको छ ।