अछाममा खुडा प्रहारबाट एक युवती गम्भीर घाइते


पैरवी खबर

अछाम : जिल्लाको साफेबगर नगरपालीका ६ भाग्यश्वरकी २१ बर्षिय शैलेजा आउजि गम्भीर घाइते भएकी छिन ।
गए राति करिब १० बजे उनकै घरमा गएर उनिमाथि प्रहार खुडा भएको हो। खुडा प्रहार गर्ने साफेबगर नगरपालिका ३ सिद्धेश्वरका २२ बिजय आउजि रहेका छन ।उनी अहिले ईलाका प्रहरी कार्यालय बयालपाटाको नियन्त्रणमा छन।
गम्भीर घाइते युवतिको बयालपाटा अस्पतालमा सामान्य उपचार भैरहेको र यता उपचार सम्भब नभए पछि काठमाडौं रिफर गरिएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।